वर्षाका कारण अवरुद्ध सन्धिखर्क-गोरुसिंगे सडक सञ्चालनमा

हिमाल प्रेस १३ कार्तिक २०८३ १६:२२ | Friday, October 30, 2026
4
SHARES
वर्षाका कारण अवरुद्ध सन्धिखर्क-गोरुसिंगे सडक सञ्चालनमा

काठमाडौँ- वर्षाका कारण अवरुद्ध राष्ट्रिय राजमार्गअन्तर्गत सन्धिखर्क-गोरुसिंगे सडकखण्डको रिब्दी दहखोला क्षेत्रमा सडक पुनः सञ्चालनमा आएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार सडकमा थुप्रिएको बालुवा तथा अन्य अवरोध हटाएपछि उक्त सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन गरिएको हो।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात भइरहेको मन्त्रालयले जनाएको छ।

हालसम्म देशभरको सडक सञ्जालमा ठूलो अवरोध नरहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले यात्राका क्रममा मौसम तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १६:२२ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast