आफ्नो नाम जोडेर कपोलकल्पित समाचार फैलाइएको भन्दै प्रधानन्यायाधीश शर्माको खण्डन

हिमाल प्रेस १२ कार्तिक २०८३ १८:०१ | Thursday, October 29, 2026
8
SHARES
आफ्नो नाम जोडेर कपोलकल्पित समाचार फैलाइएको भन्दै प्रधानन्यायाधीश शर्माको खण्डन सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मा। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त समाचारमा कुनै सत्यता नरहेको बताएका छन्।

प्रधानन्यायाधीश शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा ‘प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय सभा सदस्य पोखरेलको नाममा अमेरिकामा घुस’, ‘फिक्सर इन्मको मोबाइलले खुलाएको प्रमाण’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।

विज्ञप्तिमा समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसंगसँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाउँदै उनले सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष वा परोक्ष रूपमा चिनजान तथा सम्पर्कसमेत नभएको बताएका छन्। आफूले उनीहरूलाई कहिल्यै नभेटेको पनि उनले प्रस्ट पारेका छन्।

त्यस्तै, समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशको जिम्मेवारीमा नरहेको अवस्था रहेको भन्दै उनले समाचारमा उल्लेखित विवरणप्रति असहमति जनाएका छन्।

आधारहीन, झुटा तथा कपोलकल्पित समाचारमार्फत जनतामा भ्रम सिर्जना गर्ने उद्देश्यले सामग्री प्रसारण गरिएको भन्दै प्रधानन्यायाधीश शर्माले त्यस्ता समाचारको भर्त्सना गरेका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ १८:०१ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast