आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

हिमाल प्रेस २९ माघ २०७९ ११:४४ | Sunday, February 12, 2023
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौँ- आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एकापसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ।

सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक अमित अग्रवालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार दुई इन्स्योरेन्स एकापसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ।

दुई कम्पनीबीच भएको प्रारम्भिक सहमति एवम् डीडीए रिपोर्टका आधारमा सेयर अनुपात १ः१ कायम हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast