मोखोलामा अटो दुर्घटना हुँदा एकको मृत्यु, चालक घाइते

हिमाल प्रेस १२ कार्तिक २०८३ १३:२१ | Thursday, October 29, 2026
2
SHARE
मोखोलामा अटो दुर्घटना हुँदा एकको मृत्यु, चालक घाइते

काठमाडौँ– सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अटो चालक ३४ वर्षीय निर्मल कँवर मगर घाइते भएका छन् । उनलाई उपचारका लागि दाङ लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १३:२१ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast