नेप्से परिसूचक ३३ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

हिमाल प्रेस ११ कार्तिक २०८३ १७:४२ | Wednesday, October 28, 2026
6
SHARES
नेप्से परिसूचक ३३ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अंकले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ।

त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अंकले बढेर १८४ दशमलव ७३ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अंकले बढेर १६३ दशमलव ०९ मा पुगेको छ।

विभिन्न कम्पनीका आज एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर रु सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मूल्यमा खरिद बिक्री भएको छन्।

तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ। आज २४१ कम्पनीको सेयर बढ्यो भने ३५ कम्पनीको सेयर घट्यो। त्यसैगरी तीन कम्पनीको सेयर स्थिर रह्यो।

नेप्सेका अनुसार बेनी हाइड्रोपावर, बुटबल पावर कम्पनी, सुपर खुदी हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन्।

त्यसैगरी प्राइम डिबेञ्चर, गरिमा समृद्धि योजना, सिर्जनशील लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: ११ कार्तिक २०८३ १७:४२ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast