पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ

हिमाल प्रेस ११ कार्तिक २०८३ १७:१३ | Wednesday, October 28, 2026
8
SHARES
पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ

काठमाडौँ- पर्यटक भिसामा नेपाल आएर अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा दश जना विदेशी नागरिकको कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।

मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विदेशी चिकित्सकसहित १० जना विदेशी नागरिक सहभागी भएको पाइएको हो।

विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानीलगायत कागजात आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको गृहमन्त्री सुदन गुरुङको सचिवालयले जनाएको छ।

यही कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त शिविरमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक सहभागी थिए।

सहभागीमध्ये तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक रहेको सचिवालयको भनाइ छ।

उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको अवधि नोभेम्बर ६ देखि २१ सम्म रहेको विवरणमा उल्लेख छ।

शिविरको तयारी पास्टर पावेल दंगालले गरेको बताइएको छ। स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पनि क्रिश्चियन धार्मिक कक्षा सञ्चालन हुँदै आएको थियो।

स्थानीय किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा छ वटा साना ठूला भवन निर्माण गरेको बताइएको छ।

तर, ती भवन हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको विषयमा विवाद उत्पन्न भएको थियो। उक्त विवादपछि स्थानीयलाई खुसी पार्ने उद्देश्यले श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको दाबी गरिएको छ।

हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको जनाइएको छ।

विदेशी नागरिक

1. MACIEL SANANA, BRENO, Passport No: FZ105414, Country: Brazil,
2. FRANK, FERNANDO AUGUSTO, Passport No: FT 280109, Country: Brazil,
3. VAZ BARBOSA, SAO PAULO, Passport No: G1998005, Country: Brazil,
4. LUIGI, MENEGUSSO VALENZI, Passport No: AN224289, Country: Canada,
5. EVELIN, MENEGUSSO FERNANDES, Passport No: P102426H0, Country: Canada,
6. PAULO ROBERTO, BECHARA, Passport No: A 81840247, Country: USA,
7. SELMA AUGUSTA, WEL BECHARA, Passport No: 658527592, Country: USA,
8. RALPH WARNER, CLARK, Passport No: 675266434, Country: USA,
9. KAREN CRISTINA, JARA, Passport No: 661422692, Country: USA,
10. Victoria Cristina, Jara-CLARK, Passport No: A23210248, Country: USA,

प्रकाशित: ११ कार्तिक २०८३ १७:१३ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast