काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढंगले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन्।
पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथग्रहण गराउँदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
कार्यक्रम महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बालगायत नेताहरुको उपस्थिति थियो।



