शिक्षक बढुवामा आयोगको यस्तो निर्णय

हिमाल प्रेस ११ कार्तिक २०८३ १४:३८ | Wednesday, October 28, 2026
116
SHARES
शिक्षक बढुवामा आयोगको यस्तो निर्णय

काठमाडौँ- शिक्षक सेवा आयोगले शिक्षकको बढुवासम्बन्धी विशेष व्यवस्थाअन्तर्गत हुने सिफारिस प्रक्रियालाई सहज बनाउन जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुखलाई अधिकार प्रत्यायोजन गरेको छ।

आयोगले ०८३ कात्तिक ११ गते शिक्षा विकास तथा समन्वय एकाइ, ७७ वटै जिल्लालाई पत्राचार गर्दै आवश्यक कागजात तथा प्रमाण जाँच गरी विशेष बढुवाको प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो।

शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ३९ मा रहेको बढुवासम्बन्धी विशेष व्यवस्थाअनुसार स्थायी नियुक्ति भई सोही तहबाट अनिवार्य अवकाश पाउने शिक्षकलाई अवकाश हुनुभन्दा एक महिनाअघि सोही तहको माथिल्लो श्रेणीमा बढुवाका लागि आयोगले सिफारिस गर्ने व्यवस्था छ।

तर, यस प्रकृतिका शिक्षकको बढुवासम्बन्धी फाइल आयोगमा पटक पटक पठाउनुपर्ने र शिक्षक स्वयं पनि आयोग धाउनुपर्ने अवस्था देखिएकाले प्रक्रिया सरल बनाउन अधिकार प्रत्यायोजन गरिएको आयोगको पत्रमा उल्लेख छ।

आयोगको ०८३ असोज १६ गतेको बैठकको निर्णयअनुसार शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ११(ज) बमोजिम सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुखलाई आवश्यक अधिकार प्रत्यायोजन गरिएको हो।

अब सम्बन्धित एकाइले आवश्यक कागजात तथा प्रमाणहरूको जाँचबुझ गरी कानुनी व्यवस्थाअनुसार विशेष बढुवाको प्रक्रिया अघि बढाउन सक्नेछन्।

प्रकाशित: ११ कार्तिक २०८३ १४:३८ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast