सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा, राष्ट्रपति निर्वाचनबारे छलफल

हिमाल प्रेस २९ माघ २०७९ ९:५४ | Sunday, February 12, 2023
सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा, राष्ट्रपति निर्वाचनबारे छलफल

काठमाडौँ- सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने सहभागी छन्।

राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र रास्वपालाई पुनः सरकारमा सहभागी गराउनेलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो। यसअघि शुक्रबार बसेको संयन्त्रको बैठकले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेको थियो।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिका विषयमा पनि छलफल हुने भएको छ। प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा छन्। यता ओली भने राष्ट्रिय सहमतिमा एमालेको उम्मेदवार राष्ट्रपति हुनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: २९ माघ २०७९ ९:५४ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast