बिर्तामोड– झापा १ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए।
शर्माले १४ हजार २७५ मतान्तरले जितेका छन्। यस क्षेत्रमा ०७४ सालको निर्वाचन वामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए। शर्मा ०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका रविन कोइरालासँग पराजित बनेका थिए।
प्रकाशित: ७ मंसिर २०७९ १८:३३ | Wednesday, November 23, 2022
प्रतिक्रिया




