ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

हिमाल प्रेस १० कार्तिक २०८३ ७:३१ | Tuesday, October 27, 2026
6
SHARES
ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् ।

सोमबार लन्डनमा आयोजित समारोहमा केनलाई विश्वकै उत्कृष्ट पुरुष फुटबल खेलाडी घोषित गरिएको हो ।

किलियन एमबाप्पे र लामिन यामाललाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन् ।

३३ वर्षीय केनले क्लब र देशका लागि ६५ प्रतिस्पर्धात्मक खेलहरूमा ७३ गोल गर्दै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीको रूपमा स्थापित गर्न सफल भएङ्का हुन् ।

अवार्ड जितेपछि उनले भने, ‘धेरै धेरै धन्यवाद। मलाई मतदान गर्नुहुने सबैलाई धन्यवाद। म कल्पना गर्न सक्छु कि यो वर्ष साँच्चै गाह्रो थियो – केही अविश्वसनीय खेलाडीहरू जसको विरुद्धमा म थिएँ।’

सन् २००१ मा इंग्ल्यान्डका माइकल ओवेनले यो अवार्ड जितेका थिए।

प्रकाशित: १० कार्तिक २०८३ ७:३१ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast