काठमाडौँ– सिद्धबाबामा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा नजिकै सोमबार यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गुल्मीको धुर्कोट गाउँपालिका–जैसीथोककी माया कुँवरको मृत्यु भएको छ । स्कुटरमा सवार गुल्मीको इस्मा गाउँपालिका–४ की ३६ वर्षीया केशरी कुँवर घाइते भएकी छन्
प्रकाशित: ९ कार्तिक २०८३ २०:५१ | Monday, October 26, 2026
प्रतिक्रिया



