तीन वर्षभित्र आठ सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने मन्त्री लम्सालको घोषणा

हिमाल प्रेस ९ कार्तिक २०८३ १२:२८ | Monday, October 26, 2026
18
SHARES
तीन वर्षभित्र आठ सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने मन्त्री लम्सालको घोषणा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल। फाइल तस्बिर।

काठमाडौँ- भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले तीन वर्षभित्र देशका आठ प्रमुख सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको बताएका छन्।

मन्त्री लम्सालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी आठ प्रमुख सहरमा फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास मन्त्री लम्सालले व्यक्त गरेका छन्।

उनले क्रिकेटको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्।

प्रकाशित: ९ कार्तिक २०८३ १२:२८ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast