काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । वर्षाले नेपाल प्रिमियर लिग (एनपीएल) खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्न सक्ने देखिएको छ ।
एनपीएल कात्तिक २६ देखि मंसिर २१ सन्चालन हुँदैछ। वर्षाले एनपीएलको सुरुवाती खेलमा असर पार्ने अनुमान छ। काठमाडौँँसहितका क्षेत्रमा पानी पर्ने सम्भावना छ।
आम नागरिकलाई आधिकारिक मौसमी सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू नियमित हेर्न वा ११५५ मा फोन गरेर जानकारी लिन अनुरोध गरिएको छ ।
प्रकाशित: ७ कार्तिक २०८३ २०:२८ | Saturday, October 24, 2026
प्रतिक्रिया



