रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

हिमाल प्रेस ७ कार्तिक २०८३ १५:५८ | Saturday, October 24, 2026
6
SHARES
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौँ–  रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट ज्यान गएको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५:३० बजेको समयमा बालक घरनजिकैको बाटोमा खेलिरहेका थिए । सोही क्रममा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि बालकको टाउकोमा ढुङ्गाले प्रहार गरेका थिए । आक्रमण गर्ने भक्तबहादुरको मानसिक अवस्था ठीक नभएको बुझिएको छ ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्थानीय पिपल स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल सल्ले पु¥याइएको थियो । तर, उपचारकै क्रममा शुक्रबार राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् ।

 

 

प्रकाशित: ७ कार्तिक २०८३ १५:५८ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast