कांग्रेसको देउवा पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सक्ने तयारी

हिमाल प्रेस ६ कार्तिक २०८३ १८:१३ | Friday, October 23, 2026
20
SHARES
कांग्रेसको देउवा पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सक्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको इतर पक्षले त्यसअघि संगठनात्मक अधिवेशनका सबै प्रक्रिया पूरा गर्न लागेको हो ।

असोज १५ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियाअन्तर्गत हालसम्म ४८० वटा पालिका र ६ हजार १०७ वटा वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार हालसम्म १७० वटा प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २१ जिल्लामा समेत अधिवेशन सम्पन्न भइसकेको छ।

इतर पक्षले बाँकी रहेका जिल्लाको अधिवेशन पनि कात्तिक १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखेको पोखरेलले बताए । कांग्रेस इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशनको घोषणा गरेको छ ।

पार्टीको संस्थापन पक्षले भने २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।

प्रकाशित: ६ कार्तिक २०८३ १८:१३ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast