हुम्लामा रुघाखोकीको प्रकोप

हिमाल प्रेस ६ कार्तिक २०८३ १३:३९ | Friday, October 23, 2026
8
SHARES
हुम्लामा रुघाखोकीको प्रकोप

हुम्ला- जिल्लाभर कडा खाले रुघाखोकीको प्रकोप बढेको छ। मौसममा परिवर्तन आएसँगै चिसो बढ्दै जाँदा कडा खाले रुघाखोकीका बिरामीहरू बढ्दै गएका हुन्।

दुई हप्तायता जिल्ला अस्पतालमा मौसमी फ्लुका बिरामी धेरै आउन थालेका चिकित्सक मुकेश यादवले बताए। कडा खाले रुघाखोकीका बिरामीहरू धेरै आउन थालेपछि अस्पतालमा चाप बढेको उनले बताए। दसैँ बिदा सुरु भएका कारण चिकित्सक र स्वास्थ्यकर्मी २४ घण्टा काममा खटिने व्यवस्था गरिएको बताए। मौसममा आएको परिवर्तनकै कारण यस्ता बिरामीहरू बढेको उनको भनाइ छ।

चिकित्सकका अनुसार एक हप्तासम्म यसको लक्षण देखिन्छ। अलि कडाखाले रुघाखोकी भएको कारण सबैले सावधानी अपनाउन उनको आग्रह छ। तातो पानीको प्रयोग, झोलिलो खानेकुराको प्रयोग, जथाभावी बाहिर ननिस्कन र चाडपर्वमा खानेकुरामा ध्यान दिन चिकित्सकले सुझाव दिए।

ताँजाको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामलाल देवकोटाले पाँचवटै वडामा रुघाखोकीका बिरामीहरू बढी रहेको बताए। रुघाखोकीको प्रकोप बढेपछि सार्वजनिक बिदा भए पनि गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाइ छ। दसैँमा खानपानमा समेत विशेष ध्यान पुर्‍याउन उनले सर्वसाधारणलाई आग्रह गरे। अदानचुली, सर्केगार्ड, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पनि रुघाखोकीका बिरामीहरू बढी रहेका छन्।

प्रकाशित: ६ कार्तिक २०८३ १३:३९ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast