नेकपाले दुई महिने जागरण अभियान चलाउने

हिमाल प्रेस ६ कार्तिक २०८३ ११:३४ | Friday, October 23, 2026
6
SHARES
नेकपाले दुई महिने जागरण अभियान चलाउने फाइल तस्बिर

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बोधनका लागि पहल गर्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

भोलि कात्तिक ७ गतेदेखि सुरु हुने अभियान मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ । असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानको सुरुवातमा प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गरिने पार्टीले जारी गरेको सर्कुलरमा उल्लेख छ । अभियानका क्रममा जनताका सरोकार र माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बन्धित तहबाट आवश्यक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

 

प्रकाशित: ६ कार्तिक २०८३ ११:३४ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast