काठमाडौँ- इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतकको विश्व कीर्तिमान बनाएका छन्।
पाकिस्तानमा भइरहेको त्रिदेशीय एकदिवसीय श्रृंखलामा श्रीलंकाविरुद्ध रावलपिन्डीमा बिहीबार उनले यो कीर्तिमान बनाएका हुन्।
ब्रुकले ११४ बलमा आफ्नो दोहोरो शतक पूरा गरे। उनी ११६ बलमा २०२ रन बनाएर आउट भए। उनको यो पारीमा १० छक्का र २१ चौका सामेल थिए।
ब्रुकभन्दा अघि यो कीर्तिमान भारतका कप्तान शुभमन गिलको नाममा थियो। गिलले यसै वर्ष सेप्टेम्बर ३० मा वेस्टइन्डिजविरुद्ध ११७ बलमा दोहोरो शतक पूरा गरेका थिए।
ब्रुकको शानदार पारीको मद्तले इंग्ल्यान्डले ५० ओभरमा चार विकेटको क्षतिमा ४२९ रनको विशाल योगफल तयार ग¥यो।
प्रकाशित: ५ कार्तिक २०८३ १९:५२ | Thursday, October 22, 2026
प्रतिक्रिया




