पर्सामा एक महिनामा दर्ता भए १११ अपराधका घटना

हिमाल प्रेस ५ कार्तिक २०८३ १४:०४ | Thursday, October 22, 2026
12
SHARES
पर्सामा एक महिनामा दर्ता भए १११ अपराधका घटना

पर्सा– पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ।

तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ। त्यसैगरी कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहारी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ”, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित रु ७५ लाख ४४ हजार ४९ मूल्यका सामान बरामद गरेको छ।

यस्तै अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको तथा रु तीन लाख ११ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, गत महिनाको विवरणअनुसार जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन्।

प्रहरी नायव उपरीक्षक मल्लले ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले रु १६ लाख ३६ हजार ५०० राजस्व सङ्कलन भएको पनि बताए।

प्रकाशित: ५ कार्तिक २०८३ १४:०४ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast