काठमाडौँ- बडादसैं अन्तर्गत विजयादशमीका दिन काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ।
नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि आफन्तको टीका लगाउन जानेको काठमाडौँ उपत्यकामा चहलपहल देखिएको हो।
महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः बनेको काठमाडौँमा विजयादशमीको टीकापछि भने टीका लगाउन जानेको चहलपहल बढेसँगै सवारी साधनको चाप पनि केहि बढेको छ। निधारमा रातो टीका र कानमा जमरा लगाएका सर्वसाधारणहरु अन्यत्र टीका एवं आशीर्वाद थाप्न जान थालेका छन्।
दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ।
काठमाडौँमा सर्वसाधारणको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन्।
प्रकाशित: ४ कार्तिक २०८३ १५:२३ | Wednesday, October 21, 2026
प्रतिक्रिया




