काठमाडौँ- उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।
आज मंगलबार बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हिजो सोमबार पनि यस बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यही थियो।
सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.० डिग्री सेल्सियस नै कायम भएको थियो। अधिकतम तापक्रम भने २५.८ डिग्री सेल्सियस थियोे।
मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
प्रकाशित: ३ कार्तिक २०८३ ७:२० | Tuesday, October 20, 2026
प्रतिक्रिया




