दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

हिमाल प्रेस ३ कार्तिक २०८३ ७:१२ | Tuesday, October 20, 2026
8
SHARES
दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौँ– दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ।

प्रहरीले दक्षिणकालीको फर्पिङ नाकाबाट ठूलो मात्रामा लागुऔषध ट्रामाडोल बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार ट्रामाडोलका ७२ हजार ८० क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।

‘चाडको मौका छोपेर लागुऔषधलाई उपत्यकामा भित्र्याउन खोजेको देखियो। दुई जना मानिसहित ट्रामाडोल बरामद भएको छ,’ उनले भने।
सोमबार बिहान करिब साढे ४ बजे फर्पिङस्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाएर ल्याइएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो।

प्रकाशित: ३ कार्तिक २०८३ ७:१२ | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast