कस्तो होला आजक‍ो मौसम?

हिमाल प्रेस २ कार्तिक २०८३ ६:३४ | Monday, October 19, 2026
6
SHARES
कस्तो होला आजक‍ो मौसम?

काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

 

प्रकाशित: २ कार्तिक २०८३ ६:३४ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast