बंगलादेशको रिसोर्टमा आगलागी, ६ जनाको मृत्यु

हिमाल प्रेस १ कार्तिक २०८३ ७:१७ | Sunday, October 18, 2026
2
SHARE
बंगलादेशको रिसोर्टमा आगलागी, ६ जनाको मृत्यु फाइल तस्बिर

बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा शनिबार आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागको मुख्यालयका अधिकारी तल्हा बिन जसिमका अनुसार आगो निभाएपछि घटनास्थलबाट ६ जनाको शव निकालिएको हो । कक्स बजार राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्दछ ।

उनका अनुसार काठले बनेको उक्त रिसोर्टका तीनवटै तलामा आगलागीबाट क्षति पुगेको छ ।

अधिकारी जसिमका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ७स्२५ बजे आगलागीको सूचना प्राप्त भएपछि दमकल टोली तत्काल घटनास्थल पुगेको थियो । अग्नि नियन्त्रकहरूले करिब बिहान ११स्०० बजे आगो पूर्ण रूपमा निभाएका थिए ।

आगलागीको यकिन कारण भने अझै पत्ता लाग्न नसकेको अधिकारीहरूले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । राससरसिन्ह्वा

 

प्रकाशित: १ कार्तिक २०८३ ७:१७ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast