के आज पनि पानी पर्छ?

हिमाल प्रेस १ कार्तिक २०८३ ६:२५ | Sunday, October 18, 2026
6
SHARES
के आज पनि पानी पर्छ?

काठमाडौँ- देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

आगामी समयमा देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मौसम प्रभावित बन्नेछ।

महाशाखाका अनुसार देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यसका साथै सोही क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना समेत रहेको छ।’

 

प्रकाशित: १ कार्तिक २०८३ ६:२५ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast