कति छ विदेशी मुद्राको मूल्य?

हिमाल प्रेस १ कार्तिक २०८३ ६:३३ | Sunday, October 18, 2026
कति छ विदेशी मुद्राको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज कात्तिक १ गतेका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज (आइतबार) अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत मुख्य विदेशी मुद्राको विनिमय दर स्थिर बसेको छ। अर्थात् शनिबारकै भाउ कायम गरिएको छ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाा ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा छ। युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा छ।

यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ १९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा छ।

यस्तै आज क्यानेडियन डलर १ कै खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा छ।

सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा छ भने साउदी अरबियन रियाल १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा छ।

कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा छ भने थाई भाट १ को खरिददर ४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४ रुपैयाँ ५६ पैसा तोकिएको छ।

यसैगरी यूएई दिराम १ को खरिददर ४१ रुपैयाँ २८ पैसा र ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा छ।

यस्तै आजका लागि जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा छ भने चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७७ पैसा छ।

 

प्रकाशित: १ कार्तिक २०८३ ६:३३ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast