लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन पक्राउ परे?

हिमाल प्रेस १ कार्तिक २०८३ ६:३९ | Sunday, October 18, 2026
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन पक्राउ परे?

काठमाडौँ- लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो।

नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए । इनाम सापकोटासँगको कारोबार तथा कनेक्सन जोडिएपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।

पक्राउ परेका भट्टलाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

 

प्रकाशित: १ कार्तिक २०८३ ६:३९ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast