‘पार्टीको आन्तरिक प्रतिस्पर्धाको परिणामलाई जिम्मेवारीको रुपमा लिनुपर्छ’

हिमाल प्रेस ३१ असोज २०८३ १७:३७ | Saturday, October 17, 2026
10
SHARES
‘पार्टीको आन्तरिक प्रतिस्पर्धाको परिणामलाई जिम्मेवारीको रुपमा लिनुपर्छ’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनअन्तर्गतको निर्वाचन आम निर्वाचनजस्तो नभई पार्टीभित्रकै आन्तरिक प्रतिस्पर्धा भएकाले यसलाई जितहारको विषयभन्दा पनि जिम्मेवारीको रुपमा लिनुपर्ने बताएका छन्।

शनिबार पार्टी सभापति पदको शपथग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले सभापति तथा अन्य पदाधिकारीहरूको जिम्मेवारी केवल पद प्राप्त गर्नु मात्र नभई नागरिकहरूको लोकतान्त्रिक अधिकार, आत्मसम्मान, र न्यायको रक्षा भएको उल्लेख गरे।

पार्टीका संस्थापकहरूको मूल मर्म-लोकतन्त्र, मर्यादा र सामाजिक न्याय-लाई सधैँ शिरोधार्य गरिने उनले बताए।
थापाले पार्टीलाई सानो कोठाबाट निकालेर जनता, किसान, युवा र मजदुरहरूसँग जोड्दै संस्थागत रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे।

कांग्रेसलाई समयसापेक्ष, वैचारिक रूपले सबल र जनसरोकारका मुद्दामा खरो उत्रने पार्टी बनाइने उनले बताए।

पद तथा गोपनियताको सपथसँगै सभापति थापाले शनिबार नै पार्टी कार्यालयमा पदभार सम्हालेका थिए।  कार्यसमितिका निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुको शपथ भने दसँैपछि हुने कांग्रेसले जनाएको छ।

प्रकाशित: ३१ असोज २०८३ १७:३७ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast