विशिष्ट व्यक्तिको सवारी व्यवस्थापनमा कांग्रेस महामन्त्री थापाका दुई सुझाव

हिमाल प्रेस २८ माघ २०७९ १३:५० | Saturday, February 11, 2023
विशिष्ट व्यक्तिको सवारी व्यवस्थापनमा कांग्रेस महामन्त्री थापाका दुई सुझाव

काठमाडौँ- राष्ट्रपति सवारीको समयमा  हिँडडुल गरेको आरोपमा सुरक्षाकर्मीबाट चिकित्सक कुटिएको विषयले चर्चा पाइरहेको छ। राष्ट्रपति आलोचित भइरहेकी छन्।  यसबारे कांग्रेस महामन्त्री गगन थापाले दुई सुझाव दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत ‘विशिष्ठ व्यक्तिहरूको विधि र प्रोटोकल’ बदल्नुपर्ने र ‘नयाँ राष्ट्रपतिबाट कार्यविधि संशोधन गर्न’ सुझाव दिएका छन्। उनले ‘विशिष्ठ व्यक्तिको सुरक्षा कार्यविधि २०७७’ को संशोधन गर्नुपर्ने र कार्यविधि सुरक्षा निकायले उल्लंघन गर्न नहुने सुझाब दिएका छन्।

उनले राष्ट्रपतिप्रतिको धारणा नकरात्मक हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। ‘राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ ।यसको एउटा कारण तामझामवाला शैली हो,’ उनले भनेका छन्,‘संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।’

प्रकाशित: २८ माघ २०७९ १३:५० | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast