‘छुटेका वा पराजित भएका सबैलाई समेटेर अघि बढ्छु’

हिमाल प्रेस ३० असोज २०८३ १५:५७ | Friday, October 16, 2026
10
SHARES
‘छुटेका वा पराजित भएका सबैलाई समेटेर अघि बढ्छु’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ कार्यसमिति चयनका क्रममा छुटेका वा पराजित भएका सबैलाई समेटेर अघि बढ्ने बताएका छन्।

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा जित्नेले सबै कुरा जित्ने र हार्नेले सबै गुमाउने भन्ने नभई लोकतान्त्रिक अभ्यासको एक निरन्तर प्रक्रिया भएकाले प्रतिस्पर्धामा छुटेका वा पराजित भएका सबैलाई समेटेर अगाडि बढ्ने बताएका हुन्।

उनले पार्टीभित्रको आन्तरिक नेतृत्व चयन गर्नका लागि निर्वाचनको प्रक्रिया अवलम्बन गरिएको र यसबाट विभिन्न सिकाइहरू प्राप्त भएको उल्लेख गरे।

सभापति थापाले पार्टीका सबै सदस्यहरूको समान अधिकार र हक हुने हुनाले, पार्टी सभापतिलगायतका नेतृत्वले पनि आफ्ना व्यक्तिगत आचरण, कमजोरी र निर्णयहरूको जिम्मेवारी र भारी आफैँ बोक्नुपर्ने स्पष्ट पारे।

उनले प्रतिनिधिहरुले केवल नेतृत्वमात्रै छानेर बस्ने भन्दा पनि नीति निर्माणका अन्य कार्यहरूमा पनि सबैको सहभागिता हुनुपर्ने र यसले पार्टीलाई बलियो बनाउने धारणा राखे।

प्रकाशित: ३० असोज २०८३ १५:५७ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast