हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

हिमाल प्रेस ३० असोज २०८३ ६:३० | Friday, October 16, 2026
12
SHARES
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ- देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

शुक्रबार राति पनि हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्नेछ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ३० असोज २०८३ ६:३० | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast