मलेसियाका लागि प्रस्तावित राजदूत गिरीको नाम पनि अस्वीकृत, जापानको ‘होल्ड’ मा

हिमाल प्रेस २८ असोज २०८३ २०:५६ | Wednesday, October 14, 2026
10
SHARES
मलेसियाका लागि प्रस्तावित राजदूत गिरीको नाम पनि अस्वीकृत, जापानको ‘होल्ड’ मा

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले खरेलको नाम अस्वीकृत गरेको हो।

समितिका सचिव तुलबहादुर कँडेलले मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत भएको जानकारी दिए।

सुनुवाइका क्रममा खरेलमाथि विभिन्न प्रश्नहरू उठेका थिए। समिति सदस्यहरूले उनीसँग आर्थिक चलखेललगायतका प्रश्न गरेका थिए।

खरेलले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरूमा कुनै सत्यता नभएको दाबी गरेका थिए। अनुचित कारोबारका कुनै पनि तथ्य प्रमाण भेटिए त्यसलाई पुष्टि गर्न उनले चुनौती दिएका थिए।

समितिले यसअघि साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत गरेको थियो। बुधबार नै बसेको समितिको बैठकले सुनारको नाम अस्वीकृत गरेको थियो।

उनीमाथि घरेलु हिंसा, आर्थिक लेनदेन, कुटनीतिक मर्यादाविपरित लगायतका काम गरेको आरोपमा समितिमा उजुरी परेको थियो।

त्यस्तै समितिको बैठकले जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको सुनुवाइ ‘होल्ड’ मा राखेको छ। थापामाथि जापानको ‘पीआर’ लिएको आरोप छ। थापाले भने आफूले जापानको ‘पीआर’ त्यागिसकेको दाबी गरेका छन्।

समितिका सचिव कँडेलले थापामाथि परेको उजुरीका सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयबाट कागजात मागिएको जानकारी दिए।

‘मलेसिया र साउदीको रिजेक्ट भएको छ, जापानका लागि प्रस्तावित राजदूतको सुनुवाइ होल्डमा राखिएको छ’ कँडेलले भने,‘उहाँको सम्बन्धमा थप अध्ययन गर्नुपर्ने देखिएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयबाट काजगजात माग गरिएको छ।’

परराष्ट्र मन्त्रालयबाट कागजात आउन समय लाग्ने भएकाले अब दसैँपछि मात्रै सुनुवाइ हुने उनले बताए।

प्रकाशित: २८ असोज २०८३ २०:५६ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast