कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा बासना थापाको आग्रता

हिमाल प्रेस २६ असोज २०८३ ८:२३ | Monday, October 12, 2026
26
SHARES
कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा बासना थापाको आग्रता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ महिला केन्द्रीय सदस्य पदको मतगणना अहिले भइरहेको छ। १७०० मत गणना हुँदा वासना थापाले १२ सय ६१ मतसहित अग्रता बनाएकी छन्। उनलाई निमा गिरीले ९८८ मतसहित पछ्याइरहेकी छन् भने उर्मिला थपलिया ९६९ मतसहित तेस्रो स्थानमा छन्।

खुलातर्फ १५ महिला केन्द्रीय सदस्य पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्मको मतपरिणामअनुसार शीर्ष १५ भित्र पर्ने उम्मेदवारहरूमा वासना थापा, निमा गिरी, उर्मिला थपलिया, कुसुमदेवी थापा, धना कुमारी खतिवडा, अनिता देवकोटा, विनिता खड्का, सृजना अधिकारी, लक्ष्मी पाण्डे, कान्तिका सेजुवाल, मुना भुसाल, गङ्गा दाहाल, चिनी पोखरेल, कल्पना तिवारी र उमा दाहाल छन् ।

मतगणनाको पछिल्लो विवरणअनुसार खुलातर्फ महिला केन्द्रीय सदस्य पदका उम्मेदवारले प्राप्त गरेको मतपरिणाम यस्तो छ ।

१. वासना थापा — १,२६१

२. निमा गिरी — ९८८

३. उर्मिला थपलिया — ९६९

४. कुसुमदेवी थापा — ७७३

५. धना कुमारी खतिवडा — ७४७

६. अनिता देवकोटा — ७४०

७. विनिता खड्का — ६७५

८. सृजना अधिकारी — ६२७

९. लक्ष्मी पाण्डे — ६१५

१०. कान्तिका सेजुवाल — ६०२

११. मुना भुसाल — ५६६

१२. गङ्गा दाहाल — ५६४

१३. चिनी पोखरेल — ५३५

१४. कल्पना तिवारी — ५२१

१५. उमा दाहाल — ५१३

१६. सम्झना खत्री — ५१०

१७. रिता थापा मगर — ५०५

१८. निर्मला तामाङ बस्नेत ९निरु० — ५०२

१९. गङ्गा शाही — ४८४

२०. जमुना ढकाल — ४३९

२१. निर्मला क्षेत्री — ४३९

२२. अकला गुरुङ — ४२०

२३. गीता सत्याल — ४१७

२४. सुमित्रा कुमारी बम — ४०२

२५. इन्दिरा चौलागाईं — ३९६

२६. रिता सेन ओली — ३५८

२७. तुलसी देवकोटा — ३५३

२८. पवित्रा कुमारी अर्याल — ३४१

२९. भगवती काफ्ले भण्डारी — ३४१

३०. राधिका कटुवाल — ३३२

३१. गण्डकी थापा अधिकारी — ३२५

३२. नम्रता बराल — ३२३

३३. भवानी देवकोटा — ३२३

३४. यास्मिन ढुङ्गाना — २८७

३५. विष्णु कुमारी सापकोटा — १९७

३६. मोदती केसी — १८७

प्रकाशित: २६ असोज २०८३ ८:२३ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast