सांसदलाई चियापानका लागि राष्ट्रपतिको निम्तो

हिमाल प्रेस २८ माघ २०७९ ९:३७ | Saturday, February 11, 2023
सांसदलाई चियापानका लागि राष्ट्रपतिको निम्तो

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गरेको भोलिपल्ट शनिबार सबै सांसदलाई शीतल निवासमा बोलाएकी छिन्।

दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति सांसदहरूलाई डाकेको उनले बताए।

सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन्।

भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ।

प्रकाशित: २८ माघ २०७९ ९:३७ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast