एकै दिन १८ थान भरुवा बन्दुक फेला

हिमाल प्रेस २४ असोज २०८३ ११:१८ | Saturday, October 10, 2026
4
SHARES
एकै दिन १८ थान भरुवा बन्दुक फेला

काठमाडौँ- प्रहरीले सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराले शुक्रबार पश्चिम सुर्खेतको चौकुने र बराहतालका जंगलबाट ती बन्दुक बरामद गरिएका हुन् ।

उनका अनुसार, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाही कमाण्डमा प्रहरी टोली खटिएको थियो । जस अन्तर्गत चौकुने गाउँपालिका —७ सान्नेघारीको जंगलमा लुकाईछिपाई राखेको अवस्थामा ५ थान भरुवा बन्दुक भेटिए ।

चौकुने गाउँपालिकाकै वडा नम्बर १ धामिसेनस्थित जंगलमा १२ थान बन्दुक लुकाईछिपाई राखेको अवस्थामा भेटिए । यता प्रहरी चौकी रानिघाटबाट खटिएको प्रहरी टोलीले बराहाताल गाउँपालिका—१, मा रहेको ज्यामिरे जंगलमा १ थान बन्दुक लुकाईछिपाई राखेको अवस्थामा फेला पार्‍यो ।

अहिले ती बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बोहोराले बताए।

प्रकाशित: २४ असोज २०८३ ११:१८ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast