काठमाडौँ- नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन्।
शुक्रबार नेतृत्व चयनका लागि भइसकेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५ हजारभन्दा बढी युवाहरू पार्टीमा जोडिएको भन्दै ठूलो आकर्षण र ऊर्जा देखिएको उनीहरुमा देखिएको बताए।
उनले अहिलेको महाधिवेशन कुनै एउटा पुस्ताको महाधिवेशन नभई चार पाँचवटा पुस्ताको सन्तुलन भएकाले गाउँमा खट्ने श्रमिकदेखि बौद्धिक वर्गसम्म सबैलाई जोड्ने प्रयास गरिएको उल्लेख गरे।
महाधिवेशन एक दिन लम्बिए पनि निर्वाचन प्रक्रिया एकदमै सहज र उत्साहजनक ढंगले अघि बढिरहेको उनले बताए।
उनले विगतमा पनि मतगणना र अन्य प्रक्रियामा १ हप्तासम्म लाग्ने गरेको भन्दै उनले यसपटक छिटो परिणाम आउने विश्वास व्यक्त गरे।
कांग्रेसको महाधिवेशनमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध भइसकेका छन्।



