दसैँमा घर जानेलाई बस सेवाको अफर, टिकट काट्दा १०० रुपैयाँसम्म छुट

हिमाल प्रेस २३ असोज २०८३ ७:५४ | Friday, October 9, 2026
6
SHARES
दसैँमा घर जानेलाई बस सेवाको अफर, टिकट काट्दा १०० रुपैयाँसम्म छुट

काठमाडौँ- नेपालको अग्रणी अनलाइन बस टिकट सेवा प्रदायक बस सेवाले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। कम्पनीले बिहीबारदेखि नै अग्रिम टिकट बुकिङ सुरु गरेको जनाएको छ।

यसअघि यातायात व्यवस्था विभागले गत मंगलबार दसैँका लागि २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। विभागको निर्णयअनुसार बस सेवाले पनि अग्रिम टिकट बुकिङ खुला गरेको हो। विभागले यात्रुलाई टिकट काट्न बसपार्कमा लामो समय लाइन लाग्नुभन्दा अनलाइन एपमार्फत बुकिङ गर्न आग्रह गरेको छ।

दसैँका बेला टिकट लिन बसपार्कमा लामो समय लाइन बस्नुपर्ने अवस्थालाई कम गर्न कम्पनीले डिजिटल टिकट बुकिङलाई प्रभावकारी बनाएको जनाएको छ। यस वर्ष ‘लाइनमा बसेर होइन, अनलाइनबाटै टिकट काटौँ’ भन्ने सन्देशसहित यात्रुलाई घरमै बसेर टिकट बुकिङ गर्न प्रोत्साहित गरिएको कम्पनीले जनाएको छ।

बस सेवाको मोबाइल एप तथा वेबसाइटमा लगइन गरेर यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति, बस र सिट छनोट गर्न सक्नेछन्। यसबाट यात्रुले घरमै बसेर सहज रूपमा टिकट बुकिङ गर्न सक्ने कम्पनीको भनाइ छ।

यात्रुलाई थप सुविधा दिन बस सेवाबाट अग्रिम टिकट बुकिङ गर्नेले १०० रुपैयाँसम्म छुट पाउने कम्पनीका प्रमुख कार्यकारी निर्देशक पीआर खनालले जानकारी दिए। उनका अनुसार विभिन्न बैंक तथा डिजिटल भुक्तानी साझेदारमार्फत क्यासब्याक र अन्य छुटका अफरसमेत सञ्चालनमा छन्।

कम्पनीले दसैँको यात्रालाई सहज बनाउन लोकप्रिय रुटमा उपलब्ध बस तथा सिटको अवस्थालाई निरन्तर व्यवस्थापन गर्दै आएको जनाएको छ। यात्रुको मागअनुसार थप बस सेवा तथा सिट उपलब्ध गराउने प्रयाससमेत गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ असोज २०८३ ७:५४ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast