काठमाडौँमा आईसीसीको बैठक राख्ने तयारी

हिमाल प्रेस २२ असोज २०८३ २०:४१ | Thursday, October 8, 2026
22
SHARES
काठमाडौँमा आईसीसीको बैठक राख्ने तयारी

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बैठक काठमाडौँमा गर्ने तयारी भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा आईसीसी बैठक गर्ने गरी तयारी थालिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले काठमाडौँमा आईसीसीको बैठक गराउने गरी छलफल अगाडि बढाइएको जानकारी दिए।

‘आईसीसीको बैठक काठमाडौँमा हुने सम्भावना देखिएको छ,’ सिंहले हिमालप्रेससँग भने,‘बैठक आयोजना गर्ने विषयमा कुराकानी अगाडि बढेको छ।’

सिंहका अनुसार एनपीएल चलिरहेकै बेला आईसीसीले आफ्नो बैठक काठमाडौँमा गर्ने गरी कुराकानी अगाडि बढेको हो।

‘आईसीसीको नियमित बैठक हो, तर एनपीएल चलिरहेकै बेला आयोजना गर्ने पहल भइरहेको छ,’ उनले भने।

प्रतियोगिताकै क्रममा बैठक राखेर आईसीसीका पदाधिकारीहरूले एनपीएलको तयारीलगायतका विषयमा अवलोकन गर्ने सिंहको भनाइ छ।

‘नेपालमा क्रिकेटको संभावना, पूर्वाधार, एनपीएलको तयारीलगायतका विषयमा आईसीसीका पदाधिकारीले हेर्न चाहनु भएका छन्,’ उनले भने,‘एनपीएलकै क्रममा बैठक राखिए उहाँहरूले तयारीलगायतका विषयमा जानकारी पाउनु हुन्छ भन्ने हाम्रो बुझाइ हो।’

एनपीएलकै बीचमै आईसीसीको बैठक राख्ने गरी छलफल अगाडि बढाइए पनि मिति भने तय भइ नसकेको उनको भनाइ छ।

अहिले आईसीसीका अध्यक्ष जय शाह छन्।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरू हुँदैछ।

प्रकाशित: २२ असोज २०८३ २०:४१ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast