काभ्रे र भक्तपुरमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

हिमाल प्रेस २८ माघ २०७९ ७:३३ | Saturday, February 11, 2023
काभ्रे र भक्तपुरमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ- काभ्रे र भक्तपुरमा भएको दुई सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल चाँगुनारायण नगरपालिका–६ बाख्रीगाउँमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं शङ्खरापुर नगरपालिका–५ पालुवारीका ४० वर्षीय शङ्खर भोलोन तामाङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडौँमा उपचारकै क्रममा शुक्रबार नै मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।

त्यस्तै काभ्रेको बनेपाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नं को बसलाई सोही दिशाबाट आउँदै गरेको बा ९९ प। ३४८५ नं को स्कुटीले ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिका–९ जोरपाटीमा बसमा ठक्कर खाएर दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ३९ वर्षीया ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

प्रकाशित: २८ माघ २०७९ ७:३३ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast