अदृश्य शक्तिको इशारामा पार्टीलाई विभाजन गर्ने प्रयास भइरहेको छ : सिंह

हिमाल प्रेस २२ असोज २०८३ १५:४८ | Thursday, October 8, 2026
6
SHARES
अदृश्य शक्तिको इशारामा पार्टीलाई विभाजन गर्ने प्रयास भइरहेको छ : सिंह

काठमाडौँ- नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इशारामा पार्टीलाई विभाजन गर्ने प्रयास भइरहेको बताएका छन्।

बिहीबार काठमाडौँमा काठमाडौँ महानगर अधिवेशन उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित अदृश्य शक्ति सक्रिय रहेको भन्दै उनीहरुको स्वार्थ पूरा हुन नदिने उल्लेख गरे। उनले कांग्रेसको इतिहास, विधान र स्थापित परम्पराविपरीत कसैले पनि कार्य गर्न नहुनेमा जोड दिए।

गल्ती गर्नेहरूलाई ढाकछोप गर्ने वा झन् प्रोत्साहन गर्ने परिपाटी गलत भएको भन्दै उनले बेथिति र गल्तीलाई सच्चायाएर सही बाटोमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व र केन्द्रीय कार्यसमितिले विधान र नियमअनुसार नै आवश्यक निर्णयहरू गर्दै अगाडि बढ्ने उनले बताए। उनले लोकतान्त्रिक पार्टीमा मतभेद र भिन्न विचार हुनु स्वाभाविक भए तापनि, अदृश्य शक्तिको इसारामा पार्टीको नियम–विधि उल्लंघन गरेर मनपरी गर्नु अलोकतान्त्रिक व्यवहार भएको तर्क गरे।

नेता सिंहले संस्थापक नेताहरूले देखाएको निष्ठा, सिद्धान्त र आदर्शको बाटोमा रहेर वर्तमान चुनौतीहरूलाई हिम्मतका साथ समाधान गर्दै अघि बढ्ने बताए।

प्रकाशित: २२ असोज २०८३ १५:४८ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast