काठमाडौँ- दीपकराज गिरी मुख्य भूमिकामा रहेको चलचित्र ‘छ माया छपक्कै २’ को गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द छ। ‘मायामा एक्सपायरी डेट हुँदैन’ बोलको गीतमा दीपक शर्माको संगीत छ । सविन सुवेदी र साहिमा श्रेष्ठको आवाज छ ।
गीत प्रेम गर्ने व्यक्तिलाई उमेरले छेक्दैन भन्न विषयको सेरोफेरोमा छ । गीतको केन्द्रमा दोहोरो सम्बन्धमा रहेका पुरुष पात्र छन् ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई छन् ।
दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै–२’ दसैँको फूलपाती अर्थात् असोज ३१ गते रिलिज हुँदै छ । ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारी हुन् ।
प्रकाशित: २२ असोज २०८३ ७:५९ | Thursday, October 8, 2026
प्रतिक्रिया



