कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले फिर्ता लिए उम्मेदवारी

हिमाल प्रेस २१ असोज २०८३ १५:१६ | Wednesday, October 7, 2026
कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले फिर्ता लिए उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। उनले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको जनाएका हुन्।

उनले सञ्चारकर्मीहरूसँग राष्ट्रिय सभागृहमा भने,‘विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु।’

यसअघि मंगलबार बेलुकी अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा उनले सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए।

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आएका थिए।

राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रकाशित: २१ असोज २०८३ १५:१६ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast