दुई पार्टीको एकता भएपछि पहिलो पल्ट बस्दैछ जसपाको केन्द्रीय समिति बैठक

हिमाल प्रेस २१ असोज २०८३ १०:५५ | Wednesday, October 7, 2026
दुई पार्टीको एकता भएपछि पहिलो पल्ट बस्दैछ जसपाको केन्द्रीय समिति बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समितिको बैठक बुधवार बस्ने भएको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण, पार्टी समायोजन, लेवीलगायतका विषयमा छलफल हुने हुने बताइएको छ।
तीन दिनसम्म चल्ने सो बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीति प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत हुनेछ । दुवै प्रतिवेदनमाथि छलफल हुने पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलले बताए ।

लोसपासँग एकीकरण भएपछि केन्द्रीय समितिको समायोजन मात्र भएको प्रदेश, जिल्ला तथा स्थानीय तहमा समायोजन बाँकी छ। भातृ संगठनहरूको समायोजन पनि बाँकी छ। केन्द्रीय समितिले त्यसको पनि टुंगो लगाउने बताइएको छ । साथै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि बाँडफाँड गरिने छ।

प्रकाशित: २१ असोज २०८३ १०:५५ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast