पत्रकार सुन्दास ‘मोडलिङ’मा, लिएर आए ‘हुरहुरे’

हिमाल प्रेस २१ असोज २०८३ ८:३५ | Wednesday, October 7, 2026
पत्रकार सुन्दास ‘मोडलिङ’मा, लिएर आए ‘हुरहुरे’

काठमाडौँ- हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सूर्योदय नगरपालिका ८ स्थित विश्व होटलमा सोमबार साँझ बिमोचन समारोह आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

स्थानीय गायक सन्तोस शिवाको गायन तथा रचना रहेको उक्त गीत पर्यटकीय गन्तव्य कन्याममा छायांकन गरिएको छ । भिडियोमा कलाकार एवं पत्रकार विक्रम सुन्दास र विद्या शिवाले अभिनय गरेका छन्।

एचकेआर प्रोडक्सन हाउस फिक्कलले उत्पादन गरेको भिडियो विमोचन समारोहका प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष लोक बहादुर चाम्लिले स्थानीय सरकारले कला, संगित र साहित्यलाई प्रवर्धन गर्न लगानी गरिरहेपनि अपुग भएको बताए।

विशेष अतिथि नगरपालिकाको पूर्व नगरउपप्रुख दुर्गादेवी भट्टराईले स्थानीयस्तरको कलालाई प्रवर्धन गर्न जरुरी रहने बताइन्। कलाकार पुजन प्रधानले कला क्षेत्रले समाजलाई सकारात्मक उर्जा दिईने भएकाले कलाको सम्मान गर्ने संस्कार विकास हुन आवश्यक रहेको बताए।

पहिलो पटक अभिनय गरेका कलाकारको क्षमता प्रशसंनीय देखिएको छ ।

 

प्रकाशित: २१ असोज २०८३ ८:३५ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast