भालुको पित्त र हात्तीको दाह्रासहित ३ पक्राउ

हिमाल प्रेस २१ असोज २०८३ ६:३७ | Wednesday, October 7, 2026
भालुको पित्त र हात्तीको दाह्रासहित ३ पक्राउ

काठमाडौँ- संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित प्रहरीले काठमाडौँ र सिन्धुलीबाट तीनजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैनचौरको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्रप्रसाद चौधरी र हात्तीको दाह्रासहित सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाले भालुको पित्तसहित चौधरीलाई काठमाडौँको सोह्रखुट्टे र हात्तीको दाह्रासहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेका चौधरीसँग १४० ग्रामको भालुको पित्त एक थान र माझी र विश्वकर्मासँग हात्तीको दाह्रा छ किलोग्राम बरामद गरेको छ।

पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको ब्यूरोले जनाएको छ।

 

प्रकाशित: २१ असोज २०८३ ६:३७ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast