विपन्न विद्यार्थीको छात्रवृत्ति फाराम भर्ने म्याद थपियो

हिमाल प्रेस २० असोज २०८३ १७:४५ | Tuesday, October 6, 2026
विपन्न विद्यार्थीको छात्रवृत्ति फाराम भर्ने म्याद थपियो

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) ले आगामी शैक्षिक सत्र २०८४ मा सार्वजनिक विद्यालयमा कक्षा ६ र ९ मा अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने विपन्न लक्षित छात्रवृत्तिका लागि PMT (Proxy Mean Testing) फाराम भर्ने म्याद थप गरेको छ।

विभागको समावेशी शिक्षा शाखाले स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमार्फत PMT फाराम भर्ने म्याद २०८३ मंसिर १९ गतेसम्म थप गरिएको जनाएको हो।

विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ को उपदफा १ को खण्ड (क) बमोजिम चालु शैक्षिक सत्रमा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीबाट यमेसाय संलग्न अनुसूची-१ अनुसारको PMT फाराम भराउनुपर्ने विभागले जनाएको छ।

विभागका अनुसार विद्यालयले शिक्षा विभागको वेबसाइटबाट PMT फाराम डाउनलोड गरी विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराउनुपर्नेछ। सम्बन्धित विद्यार्थीले फाराममा उल्लेखित विवरण सत्यसाँचो भरी अभिभावकबाट प्रमाणित गराएर प्रधानाध्यापकसमक्ष पेस गर्नुपर्नेछ।

त्यसपछि प्रधानाध्यापकले फाराम रुजु तथा सहीछाप गरी स्थानीय तहमा प्रमाणीकरणका लागि पठाउनुपर्ने व्यवस्था गरिएको छ। विद्यालयले प्रमाणीकरणपछि प्राप्त PMT फाराम शिक्षा विभागको EMIS प्रणालीमा लगइन गरी सम्पूर्ण विवरण प्रविष्ट गर्नुपर्नेछ।

विभागले EMIS प्रणालीमा PMT फाराम प्रविष्ट गर्दा Dashboard मा रहेको PMT मेनु छनोट गरी चालु शैक्षिक सत्रमा कक्षा ५ वा ८ छनोट गर्न निर्देशन दिएको छ। त्यसपछि विद्यार्थीको नामको दायाँतर्फ रहेको ‘Action’ मा गएर प्रमाणित PMT फाराममा भएका विवरण प्रविष्ट गर्नुपर्नेछ।

PMT फाराम EMIS मा प्रविष्ट गरिसकेपछि प्रमाणित फाराम र सोको अभिलेख विद्यालयले सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।

विभागले सबै प्रदेशका शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय एकाइ तथा सामुदायिक विद्यालयलाई आवश्यक समन्वय र सहजीकरण गर्नसमेत आग्रह गरेको छ।

प्रकाशित: २० असोज २०८३ १७:४५ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast