महरले महामन्त्रीमा उम्मेदवारी दर्ता गर्दै भने : महामन्त्री बन्ने ३ वर्षअघिदेखिको तयारी हो

हिमाल प्रेस २० असोज २०८३ १४:०८ | Tuesday, October 6, 2026
महरले महामन्त्रीमा उम्मेदवारी दर्ता गर्दै भने : महामन्त्री बन्ने ३ वर्षअघिदेखिको तयारी हो

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन्।

महरले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताए। उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताएका छन्।

महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।

प्रकाशित: २० असोज २०८३ १४:०८ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast