कांग्रेसको सहमहामन्त्री पदमा उम्मेदवारी दिने मनिष मिश्रको तयारी

हिमाल प्रेस १८ असोज २०८३ २०:२४ | Sunday, October 4, 2026
कांग्रेसको सहमहामन्त्री पदमा उम्मेदवारी दिने मनिष मिश्रको तयारी

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिषकुमार मिश्र सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन्।

पार्टीको १५ औँ महाधिवेशनमा मिश्रले मधेशी क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

मधेशी समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिनेगरी आन्तरिक छलफल बढाएको बताइएको छ। युवालाई नेतृत्वमा पुर्‍याउनुपर्ने म्यान्डेट रहेको र त्यसका लागि मिश्रले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ।

उनी केही दिनअघि पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। कांग्रेसबाटै राजनीतिक यात्रा सुरू गरेका उनी केही समय भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध भएका थिए। मिश्रले लोसपामा महासचिवको जिम्मेवारी सम्हालेका थिए।

गत वर्ष फागुन २१ को चुनावअघि उनी पुनः कांग्रेसमै फर्किएका थिए। सर्लाही–४ घर भएका मिश्र कांग्रेसमा पुनरागमनपछि पार्टीका सांगठनिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

सर्लाही–४ बाटै चुनाव लडेका पार्टी सभापति गगन थापाको चुनावी अभियानमा पनि उनी सक्रियतापूर्वक लागेका थिए। सहमहामन्त्री पदका लागि मिश्रले चाँडै औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ।

प्रकाशित: १८ असोज २०८३ २०:२४ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast