तस्बिर केशव झा
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताकार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
जसपा नेपालमा विभिन्न पद तथा जिम्मेवारीमा रहँदै आएका उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
राजीनामा दिनेमा पार्टी सदस्य तथा पूर्वसंघीय सांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मोहम्मद युसुफ सफी, केन्द्रीय निर्वाचन आयोग तथा कानुन विभाग सदस्य अधिवक्ता घनश्याम शर्मा र जसपा नेता पुष्पराज चमन रहेका छन्।
उनीहरूले अबदेखि ‘हुंकार मधेश’ नामक अभियानमार्फत आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने घोषणा गरेका छन्।
प्रकाशित: १८ असोज २०८३ १२:५० | Sunday, October 4, 2026
प्रतिक्रिया



